हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार, प्रहरी र प्रदर्शनकारीबीचको झडप नियन्त्रणका लागि अश्रु ग्यास प्रहार

 

एजेन्सी, भदौ ९ ।

हङकङमा सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ । दुई महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न गोली प्रहार गरिएको बताइएको छ ।

भिक्टोरिया पार्कमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यस्तै प्रहरी र प्रदर्शनकारीबीच भएको झडप नियन्त्रणका लागि अश्रु ग्याससमेत प्रहार गरीएको छ । जसका कारण दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । अपराध र बलात्कार आरोपीलाई मुख्य भूमी चीनमा सुपुर्दगी गर्ने सम्बन्धी विधेयक ल्याएपछि त्यसको बिरुद्धमा आन्दोलन चर्किएको हो ।

हङकङको प्रदर्शनलाई चीनले भने आतंकबादी हमलाको संज्ञा दिएको छ । बढ्दो तनावकाबीच चीनले हङकङ नजिकैको सेन्झेन शहरमा हजारौ सशस्त्र सुरक्षा फौज तैनाथ गरेको छ ।

प्रदर्शनकारीहरुले भने सरकारले आफूहरुमाथि ज्यादती गरेको भन्दै आन्दोलन झन चर्काउने चेतावनी दिएका छन् ।