स्वास्थ्यकर्मी संघ गण्डकीमा काँग्रेस निकट पेशागत समूहले बाजी मार्यो

पोखरा, पुस २२ ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशमा काँग्रेस निकट पेशागत समूह बिजयी भएको छ । एकजना खुला सदस्य बाहेक १० जना पेशागत समूहबाट बिजयी भएका हुन् । अध्यक्षमा पेशागत समूहका सन्तोष पौडेल बिजयी भए । ९५ मत सहित पौडेल बिजयी हुँदा उनको निकटतम प्रतिश्पर्धी नेकपा निकट प्रगतिशिल समूहका बाबुराम आचार्यले ९० मत ल्याए ।

उपाध्यक्षमा पनि पेशागतकै केशवराज अधिकारीले १ सय मत सहित बिजयी भए भने उनको प्रतिश्पर्धी राजेन्द्र रेग्मीले ८५ मत ल्याए । सचिवमा नारायण सापकोटा १ सय ४ मत सहित बिजयी हुँदा उनको प्रतिश्पर्धी नवराज पौडेलले ८० मत मात्रै पाए ।

सहसचिवमा सुवास बरालले ९८ मत पाएर बिजयी हुँदा प्रतिश्पर्धी दीपक चापागाईंको ७९ मत आयो भने कोषाध्यक्षमा पनि पेशागत समूहकै अञ्जु अधिकारीले १ सय ७ मत सहित बिजयी भईन् भने प्रतिश्पर्धी भोजराज गौतमको ६८ मत आयो ।

खुला सदस्यहरुमा पेशागत समूहका पवित्रबाबु सोती १०९, इन्द्र आचार्य १०३, विश्वास सुवेदी १०३ बिजयी भए भने प्रगतिशिल समूहबाट किरण श्रेष्ठले ९५ ल्याएर एकमात्र सदस्य जित्न सफल भए । समावेशी महिलामा उषा अधिकारीले १ सय १२ र समावेशी जनजातितर्फ सोनम मगरले ९१ मत ल्याएर सदस्यमा बिजयी भएका हुन् ।