स्वाभिमान सहकारीको दोस्रो साधारणसभा सम्पन्न

 

पोखरा, कार्तिक २३ ।

स्वाभिमान सहकारी सस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मण कार्कीले सेयर सदस्यहरु एकातावद्ध भई कृषी र अन्य व्यवसायका लागि सहकारी स्वालम्बी, स्वरोजगारमा लागि परेको बताउँदै संस्थाले वित्तिय कारोबार मात्र नभई गैर–वित्तिय कार्यक्रमलाई पनि जोड दिँदै आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालीकाका प्रमुख मान बहादुर जिसीले सहकारीको विकासले आर्थिक समृद्धिमा टेवा पुगेको बताए । सहकारीको उल्लेखनिय भूमिकाले महानगरबासीको जीवनस्तर उकास्नका लागि पुगेको सहयोगकोे प्रशंसा गरे । मानव स्वास्थ्यको संवेदनशिलताको ख्याल राख्दै विमा अभियानलाई पनि साथै लैजानका लागि समेत उनले आग्रह गरे ।

पोखरा महानगरपालीका वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारीले स्वाभिमान सहकारीले अन्य सहकारी भन्दा फरक पहिचान बनाउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै क्षेत्री महिला समाजका अध्यक्ष उर्मिला खड्का भण्डारीले समुदायबिच भाईचाराको विकास गरी आर्थिक उन्नतीका लागि सहकारी लागि परेको बताइन् ।

संस्थाका उपाध्यक्ष बिमला भण्डारीले व्यावसायिक विकास र सहकारीको जर्गेना गर्दै सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिइन् । स्वाभिमानमा महिलाहरुको संख्या बढि भएका कारण पनि बचत गर्नुपर्छ भन्ने भाव महिलामा बढि भएको देखिएको उनले बताइन् ।

कार्यक्रममा १२ कक्षा उतिर्ण गरेका विद्यार्थी सागर केसी र निरज क्षेत्रीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बार्षिक प्रतिवेदन अध्यक्ष लक्ष्मण कार्किले, सचिवको प्रतिवेदन कृष्णबहादुर थापाले, लेखा तथा सूपरिबेक्षण समितिको प्रतिवेदन लेखा संयोजक बेद बहादुर थापाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमल बहादुर रेग्मीले प्रस्तुत गरेका थिए ।

सो सहकारीमा ८ सय ४३ जना सेयर सदस्य रहेका छन् ।