स्याङ्जाको गल्याङमा टिप्पर दुर्घटना हुँदा ४ जना घाइते

 

पोखरा, भदौ २८ ।

स्याङ्जाको गल्याङमा आज टिप्पर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

गल्याङ नगरपालिका–३ खरीपानी स्थित सिद्धार्थराजमार्गमा वालिङबाट गल्याङतर्फ जाँदै गरेको लु २ ख ८७५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको हो ।

सडकबाट अन्दाजी २०० मिटर तल खसेर भएको दुर्घटनामा टिप्पर चालकसहित ४ जना घाइते भएको प्रहरी जनाएको छ ।

घाइते हुनेमा टिप्पर चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बस्ने वर्ष ३५ का खेम बहादुर खत्री, टिप्परमा सवार सोहि स्थानका ४० वर्षिय मन बहादुर खत्री, सह–चालक स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–९ बस्ने वर्ष २० का ओम बहादुर खत्री र टिप्परमा सवार पाल्पा जिल्ला तिनाउ गाउँपालिका–३ झुम्सा बस्ने वर्ष ४० का लक्ष्मण खड्का रहेका छन् । घाइतेहरुलाई उपचारको लागि पाल्पा तथा गल्याङ सामुदायिक अस्पताल स्याङ्जा पठाइएको छ भने गम्भीर घाइते भएका खड्कालाई थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।