स्कुल बनाउन सहारा युकेले दियो अन्तिम किस्ता

पोखरा, पुस २५ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविलाई सहारा युकेले पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । भुकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालय सहारा युकेले निर्माण गरिरहेको छ । विद्यालय भवनका लागि अन्तिम किस्ता स्वरुप सहारा युकेले ५ लाख रुपैया हस्तान्तरण गरेको हो ।
२० लाख रुपैयाको लागतमा निर्मित ५ कोठे विद्यालय भवनको अवलोकन गर्दै सहारा युकेका प्रमुख सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङले अन्तिम किस्ता स्वरुप ५ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । सहारा युकेको विद्यालय भवन निर्माण अभियानमा सहारा क्लव पोखराको विशेष समन्वयमा सो विद्यालय निर्माणका लागि सहारा युकेका संरक्षक अरुणकुमार चौधरीले ५ लाख रुपैयाँ, सहारा हङकङले ५ लाख रुपैया, सहारा अष्ट्रेलियाले ५० हजार रुपैया प्रदान गरेको र अन्य रकम सहारा युकेले संकलन गरेको प्रमुख सल्लाहकार गुरुङले जानकारी दिए । उक्त ५ कोठे विद्यालय भवन आउँदो माघ ७ गते विशेष कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।