स्कुलमै वातावरण संरक्षण सचेतना

पोखरा, जेठ २१ ।
विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा पोखरा २९ मा रहेको होली माउण्ट आवासीय माविले वातावरण संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । आदर्श क्लव र जेनेरेसन अम्याजिङ्गको शिेष सहयोगमा विद्यालय क्षेत्रका विभिन्न १४ ठाउँमा डस्टविन राखिएको छ ।

स्कुलका प्रिन्सिपल तोलाकान्त नेउपाने र अध्यक्ष सन्तोष गुरुङलाई आदर्श क्लवका सचिव पदम गुरुङ र जेनेरेसन अम्याजिङ्गका कोअर्डिनेटर सुदीप नेउपानले संयुक्त रुपमा डस्टविन हस्तान्तरण गरेका हुन् । कार्यक्रमको संचालन बिद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज जनक जमरकट्टेलले गरेका थिए ।