स्कुटर र मोवाइलहरु चोरी गर्ने २ जना पक्राउ

पोखरा, साउन २० ।

पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुबाट विभिन्न समयमा मोवाईल र स्कुटर चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न ब्राण्डका ८ वटा मोबाईल र ग १२ प ८५५५ नम्बरको सेतो कालो स्कुटर चोरीमा संलग्न रहेको भन्दै २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले १७ बर्षिय बालकहरुले चोरी गरी लुकाई छिपाई राखेको मोवाइल र स्कुटर सहित उनीहरुलाई पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाएको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।