सुनसरी ३ (ख) मा कांग्रेसका चौधरी विजयी

सुनसरी, मंसिर २७ ।
सुनसरी क्षेत्र नम्बर ३ प्रदेशसभा ’ख’ मा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी भएका छन् ।
बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका रामदेव यादवलाई ३ हजार ८ सय ६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् ।
चौधरीले २१ हजार ४ सय २९ मत प्राप्त गरेका छन् भने एमालेका यादवले १७ हजार ५ सय ६८ मत प्राप्त गरे । योसँगै प्रदेशसभा तर्फका ३ सय ३० वटै क्षेत्रको मतगणना सकिएको छ ।