सुनको मूल्य घट्यो

काठमाण्डौं, भदौ ४ ।
बिहीबार सुनको मूल्य घटेको छ । १ हजार ६ सय रुपैयाँले मूल्य घटेको हो ।

छापावाला सुनको प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ । बुधबार सुनको मुल्य प्रतितोला १ लाख ४ सय रहेको थियो ।