सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

पोखरा, पुस ७ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु. ९२ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १०ले बढेर रु. १ हजार २४५ पुगेको छ ।