सिफान अध्यक्षमा कृष्णकुमार श्रेष्ठ

पोखरा, फागुन २४ ।
कास्की जिल्लाभित्र रहेका क्याम्पस तथा विद्यालयमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि शिक्षा पढाउने शिक्षकहरुको सामुहिक संस्था गठन भएको छ । कम्प्युटर फ्याकल्टी एशोसियसन नेपाल (सिफान) कास्कीको नवगठित समितिको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्वाचित भए ।

शनिबार भएको भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विक्रमराज चापागाई, सचिवमा यमकुमार बरा, कोषाध्यक्षमा रेखा थापा र सहसचिवमा सागर खत्रीलाई चयन गरेको हो ।

सदस्यहरुमा, टंकप्रसाद ढकाल, जीतबहादुर थापा, महेश गौतम, शान्ति भट्टराई, दिनेश रानाभाट र सूर्यराज भट्टाई चयन भए । भेलाले १ बर्षभित्र विधान बनाएर सबै क्याम्पस र विद्यालयमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्यापन गराउने शिक्षकहरुलाई सदस्य बनाउने निर्णय गरेको छ । १ बर्षभित्रै पहिलो अधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको छ ।