सिद्धार्थचोकमा बृहत शैक्षिक परामर्श कार्यक्रम

 

पोखरा, भदौ २९ ।

पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नै कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो ।

उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, बेलायत, जापान, साइप्रस लगायत दश भन्दा बढि विश्वविद्यालयका प्रतिनिधीहरुले यहाँका विद्यार्थीहरुसंग प्रत्यक्ष सात्क्षात्कार गर्ने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक क्षितिज तुलाचनले जनाए ।

उनीहरुले यहाँका विद्यार्थीहरुलाई विदेशमा अध्यायन सम्बन्धि परामर्श तथा अन्य महत्वपूर्णं जानकारी दिनेछन् । उक्त परामर्श कार्यक्रममा आउने विद्यार्थी तथा अभिभावकमध्ये भाग्यशालिलाई लक्की ड्र मार्फत आकर्षक पुरस्कार पनि प्रदान गरिने छ । त्यस्तै, विद्यार्थीको सोहि ठाउँबाटै भर्ना तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति समेत प्रदान गरिने कन्सल्टेन्सीका सिइओ प्रदिप लम्सालले जानकारी दिए ।