साम्राज्ञी पछि सुष्मा बनिन् भाईरल

काठमाण्डौं, साउन १० ।
नायिका सुष्मा कार्की बेला बखत चर्चामा आइरहने पात्र हुन् । उनी विभिन्न फण्डाका कारण बिबादमा पनि फसिरहन्छिन् । अहिले सुष्मा चलचित्रमा कम, विदेशका कार्यक्रममा बढी व्यस्त छिन् । सुष्माको हातमा नयाँ चलचित्र छैन ।

सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा खुबै रमाउने गर्छिन् । उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् । उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो ।

सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् । यसैले उनलाई नेपाली ग्ल्यामर दुनियाँमा खुल्ला फेशन भएकी नायिकाका रुपमा हेरिन्छ । अहिले उनले आफ्नै फेसबुकमा अपलोड गरेका तस्वीरपनि निक्कै चर्चित छन् ।