सामाजिक परिचालकको म्याद थपियो, असारसम्म काम गर्न पाउने

पोखरा, चैत ९ ।
देशभरका सामाजिक परिचालकहरुको म्याद थप भएको छ । सरकारले असार मसान्तसम्मका लागि सबै सामाजिक परिचालकको म्याद थपिदिएको हो । गएको पुसदेखि सामाजिक परिचालकलाई म्याद सकिएको भन्दै सरकारी निर्णयबाट अवकास दिईएको थियो । तर लगातारको माग पछि सरकारले उनीहरुको समस्या सुनुवाई गरेको हो ।
कास्कीमा ७७ जना सामाजिक परिचालक कार्यरत छन् भने पोखरामा मात्रै ४७ जना छन् । जागिरबाट हटाएर आँफुहरुलाई राज्यले अन्याय गरेको सामाजिक परिचालकहरुको गुनासो छ । संक्रमणका बेला सामाजिक परिचालकलाई प्रयोग गरेर अहिले हटाउनु श्रम शोषण भएको भन्दै उनीहरुले लगातार विरोध गर्दै आएका थिए ।