सामजिक विषयको प्रश्नपत्र पनि बाहिरियो

काठमाण्डौं, चैत १५ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ । सामाजिक विषयको प्रश्नपत्र सप्तरी र धनुषामा बाहिरिएको आशंका गरिएको हो । प्रश्नपत्र जनकपुरबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ ।

जनकपुरबाट बाहिरिएको प्रश्नपत्रलाई सामजिक सञ्जालमार्फत सप्तरी पुगेको आशंका गरिएको हाम्रा संवाददाता विद्यानन्द रामले जानकारी दिए । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सप्तरीबाट प्रश्नपत्र नबाहिरिएको पुष्टि गनुभयो ।

‘हाम्रो जिल्लाबाट प्रश्नपत्र बाहिरिएकै छैन,’ उनले भने । ‘प्रश्नपत्रमा लगाइएको लाहछाप उप्किएको छैन ।’ प्रश्नपत्र राती ११ बजे नै बाहिरिएको थियो ।

यसअघि बिहिबार सप्तरी र सिरहामा विज्ञान बिषयको प्रश्नपत्र बहिरिएको थियो । जसकारण प्रदेशभर विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।