साफ यु–१५ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं, साउन १४ ।

 

आउँदो भदौ ४ गतेदेखि भारतको कल्याणीमा आयोजना हुने १५ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले आयोजक भारतसित खेल्ने भएकोछ ।

नेपालले दोस्रो खेलमा भदौ ६ गते श्रीलंकासित, तेस्रो खेलमा भदौ १० गते साविक विजेता बंगलादेशसित र समूहको अन्तिम खेलमा भदौ १२ गते भुटानसित खेल्ने भएको छ ।

दक्षिण एसियाका ५ टिमले सहभागिता जनाउने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

गत संस्करणको आयोजना नेपालले गरेकामा घरेलु मैदानमा चौँथो भएको थियो । (ईमेजखबरबाट साभार)