सातै प्रदेश उत्तरसँग जोड्ने तयारी

काठमाण्डौं, असोज ३ ।
छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।
भूकम्पले क्षति पुर्याएको तातोपानीसहित उत्तरतर्फका नाका खुलाउने विभिन्न विकल्पका बारेमा बैठकमा विस्तृत छलफल हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले जानकारी दिए ।
उनका अनुसार नेपालको पूर्व–पश्चिम सबै क्षेत्रलाई समेट्ने गरी उत्तरतर्फका विभिन्न ९ नाका खुलाउन प्रस्ताव गर्नेछ ।
दुवै मुलुकका सीमा जटिल भौगोलिक बनावट र अधिकांश समय हिमपातले अवरुद्ध हुने गरेकाले आवश्यकता अनुसार सुरुङमार्ग र फ्लाइओभरसहितका विकल्प प्रस्ताव गर्ने उनले बताए ।
नेपाल समाचारपत्रमा खबर छ ।