साग तयारी संगै ह्याण्डबल खेल मैदान स्त्तोरोन्नतीकालागि समिती गठन

पोखरा, साउन ११ ।

यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिती गठन गरेको छ ।

गण्डकी प्रदेश सभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितीको संयोजकमा र नेपाल ह्याण्डबल संघका सचिब केशब पाठक बसोबास तथा यातायत समितीको संयोजकमा रहेका छन् ।

साग अन्तरगत महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरामा हुने भएकोले बन्द प्रशिक्षण समेत पोखरामा हुने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताएका छन् ।
पोखरा रंगशालामा रहेको ह्याण्डबल एकेडेमीको मैदानलाई समेत स्त्तोरोन्नती गरिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले साग खेलका लागि साथै मैदानको स्त्तोरोन्नतीका लागि आ.व २०७६÷०७७ मा ५० लाख रकम विनियोजन गरेको छ । उक्त रकमबाट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ढलान गरिने र आधुनिक म्याट समेत बिछ्याउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

ह्याण्डबल मैदानको ढलान सहित म्याट ओछ्याउन करिब १ करोड २५ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त मैदानलाई साग अघि तयार गरि सक्न योगेन्द्र बहादुर बस्नेतको संयोजकत्वमा ९ सदस्यिय उपभोक्ता समिती गठन गरिएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त समितीको उपाध्यक्षमा राम गुरुङ र सचिबमाश्रीकृष्ण अधिकारी रहेका छन् ।

त्यसै गरि उपभोक्ता समितीको कोषाध्यक्षमा शान्ति थापा रहेका छन् भने सदस्यहरुमा खिम गुरुङ, विश्व तण्डुकार, पदम नेपाली, मोहन गुरुङ, र टिकाराम पुन रहेका छन् ।
कास्की जिल्ला ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष त्रिच थापाको अध्यक्षता र संघका केन्द्रिय अध्यक्ष तेज गुरुङको उपस्थितीमा बैठक सम्पन्न भएको थियो ।