सागका लागि एन्फाद्वारा प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट

 

काठमाडौं, भदौ १६ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ खेलाडीबाट ३२ खेलाडी छनोट गरेका हुन् । गोलकिपरमा किरण चेम्जोङ, अर्पण कार्की, दिप कार्की, देव लिम्बु र रोमन रसाईली रहेका छन् ।

त्यस्तै, डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, रामचन्द्र वाजी, रोहित चन्द, विकास खवास, अशिम भुजेल, मिक्चेन भुजेल, रोमन लिम्बु र छिरिङ गुरुङ छन् ।

मिडफिल्डरमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, एरिक बिष्ट, दिपेश आले मगर र तेज तामाङ छन् ।

फरवार्डमा नवयुग श्रेष्ठ, बिमल घर्ती मगर, अभिषेक रिजाल, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन र राजेश परियार छन् । सागको पुरुष फुटबलमा २३ वर्ष मुनिका खेलाडीले सहभागिता जनाउने छन् । जसमा ३ जना सिनियर खेलाडी राख्न पाइने छ ।

नेपाल साविक विजेता टिम हो । (ईमेजखबरबाट साभार)