साइप्रसको शिक्षा नीति बारे विभिन्न जानकारी दिँदै सकियो ज्ञान करिअर इन्स्टिच्यूटको शैक्षिक सेमिनार

 

पोखरा, भदौ २७ ।

यूरोपको साइप्रसमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले आयोजना गरेको सेमिनार सकिएको छ । सृजनाचोक स्थित आफ्नै कार्यालयमा कम्पनीले सेमिनारको आयोजना गरेको थियो ।

अध्ययनका लागि साइप्रस जान चाहने विद्यार्थीहरुको माग बमोजिम सेमिनारको आयोजना गरिएको ज्ञान करिअर इन्स्टिच्यूटकी संचालक अकृजा पोखरेलले बताईन् । ‘सेमिनारमा उल्लेख्य मात्रामा विद्यार्थी र अभिभावकहरुको सहभागिता रह्यो । जनवरी इन्टेकलाई लक्षित गर्दै हामीले सेमिनारको आयोजना गरेका थियौँ ।’ कम्पनीका संचालक पोखरेलले भनिन्–‘आगामी दिनमा पनि विद्यार्थीलाई लक्षित गरेर यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।’

सेमिनारमा साइप्रसको शिक्षा नीतिको विषयमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी दिईएको थियो । विद्यार्थीहरुले खासगरि त्यहाँको कलेज, यूनिभर्सिटी र उपलब्ध विभिन्न कोर्षहरुको बारेमा जिज्ञाशा राखेका थिए ।

ज्ञान करिअर इन्स्टिच्यूटको तर्फबाट शिव न्यौपानेले विद्यार्थी र अभिभावकहरुलाई सहजीकरण गरेका थिए ।

साइप्रस यूरोपियन युनियनको सदस्य राष्ट्र हो । पछिल्लो समय साइप्रसमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन सर्टिफिकेट’ लिने विद्यार्थीको संख्या अत्याधिक रहेको तथ्याङ्कले देखाउँछ ।

शैक्षिक परामर्शदाता कम्पनी ज्ञान करिअर इन्स्टिच्यूटले साइप्रससँगै यूरोपका विभिन्न मुलुकका लागि पनि विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । इन्स्टिच्यूटमा विभिन्न भाषाका तयारी कक्षाहरु पनि संचालन भैरहेका छन् ।