सांसद दीपक मनाङेकी श्रीमति हेटौंडाबाट पक्राउ

पोखरा, मंसिर ११ ।
गण्डकी प्रदेशको प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे)की श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसद राजीव गुरुङ (दिपक मनाङ्गे)की ३४ वर्षीया श्रीमती दिक्छेन लामालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

जिल्ला अदालत कास्कीको पक्राउ पूर्जी अनुसार दिक्छेनलाई हेटौंडाबाट पक्राउ गरी पोखरा (कास्की) पठाइएको बताइएको छ । प्रहरीका अनुसार पक्राउ परेकी दिक्छेनले बुहुमूल्य धातुबाट बनेको मुर्तिलगायत अन्य बहुमूल्य सामान चोरी गरेको आरोपमा जिल्ला अदालत कास्कीमा डाँकाचोरी सम्बन्धी मुद्दा दर्ता भएको छ ।

दिक्छेन हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरीस्थित माइतीमा बस्दै आएकी थिइन् ।