सांसद दवाडीले पठाए बारपाकमा स्वास्थ्य सामग्री

पोखरा, जेठ १३ ।
बारपाकमा कोभिड लक्षण मिल्ने रोगका कारण दैनिक स्थानीयको मृत्यु हुन थालेपछि स्वास्थ्य त्रास फैलिएको छ । कोभिडको परीक्षण नभएका कारण के रोगले विरामीको मृत्यु भएको भन्ने पुष्टी छैन । तर कोभिडसँग मिल्ने लक्षणहरु देखिएको छ ।

एक सातामा मात्रै १० जनाको मृत्यु भैसकेको छ । यसले गाउँमा त्रास छ । अरुलाई पनि रुघा खोकी र टाउको दुख्ने समस्या छ । तर उनीहरुको परीक्षण र उपचारमा सरकारले खासै चासो दिएको छैन ।

प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले गाउँलेको प्राथमिक उपचारका लागि औषधीहरुको जोहो गरिदिएका छन् । उनले औषधी, मास्क, स्यानिटाईजर, अक्सिमिटर, लगायत सामग्री उपलब्ध गराएका हुन् ।

‘नजिक अस्पताल छैन । विरामीहरु घरमै बसेर स्वास्थ्यबारे ज्ञान होस् भनेर अक्सिमिटर पठाएको छु,’ उनले भने, ‘केहि औषधीहरु र स्वास्थ्य सामग्री छ ।’ त्रसित नभई चिकित्सकको सल्लाह अनुसार स्वास्थ्यको ख्याल गर्न उनले आग्रह गरेका छन् ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टले भयावह अवस्था आएको भन्दै सहयोगको अपिल गरेका छन् ।