सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार

नेपालगञ्ज, कार्तिक १५ ।
कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् ।

आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ । विधेयक मंगलबार ससदमा दर्ता भएको छ ।

विधेयकमा सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलको नेतालाई ५० हजार र सचेतक र समिति अध्यक्षलार्य ४८ हजार मासिक तलब प्रस्ताव गरिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

त्यस्तै, कर्णालीमा मुख्यमन्त्रीको मासिक तलब ६१ हजार प्रस्ताव गरिएको छ । मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधासम्बन्धी ससदमा मंगलबार दर्ता विधेयकमा मुख्यमन्त्रीलार्य मासिक ६० हजार ९ सय ७० तलब उपलब्ध गराउने प्रस्ताव छ ।