सहारा हङकङले गर्यो अस्पताल बनाउन ३० लाख सहयोग, सहारा एकेडेमीलाई ५ लाख

पोखरा, माघ १३ ।
सहारा हङकङले अस्पताल निर्माण गर्न ३० लाख रुपैयाँ सहयोग गरेको छ । सेप्टेम्बर २८ मा गरिएको च्यारिटी हाईकिङ र नाइट डिनर कार्यक्रमबाट बचत भएको रकम रासकोट सामुदायिक अस्पतालमा २ लाख र सहारा एकेडेमीमा रहेका विपन्न बर्गका बालकहरुको सहयोगार्थ ५ लाख सहयोग गरिएको अध्यक्ष दिपक गुरुङले जानकारी दिए ।

कार्यक्रममा संञ्चारकर्मी लामिछानेले कर्णालीको कालिकोटमा रासकोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोगको अपिल गरेका थिए । उक्त अपिललाई मध्यनजर गर्दै हङकङमा रहेका नेपालीहरुले ब्यक्तिगत तर्फबाट र विभिन्न संघसस्थाहरुको तर्फबाट संकलन भएको २७ लाख ८४ हजार १ सय ६९ रुपैया नेपाल पठाईसकिएको र बाँकी रहेको २ लाख ८५ हजार रुपैया चाँडै पठाईने प्रमुख सल्लाहकार दुर्गा गुरुङले बताए ।

सुरुदेखि नै खेलकुद, सामाजिक कार्य र अभावमा जीवन बाँचेकाहरुका लागि सहयोगका विभिन्न कार्यक्रमहरु गरिरहेको सहाराले पोखरामा परिवार गुमाएका अनाथ बालबालिकाहरुका लागि सहारा एकेडेमी स्थापना गरेको छ । २०५८ सालमा स्थापना भएको एकेडेमी विभिन्न ब्यक्ति तथा संस्थाको सहयोगमा सञ्चालन हुन्छ । सहारा हङकङ पोखरामा रहेको सहारा क्लवको शाखा संस्था हो ।