सहारा युकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित

पोखरा, माघ ७ ।
सहारा युकेको नयाँ अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । युकेमा भएको छैठौं अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा कुशाङ गुरुङ, महासचिवमा धनु थकाली, सचिवमा बाचस्पती रेग्मी, कोषाध्यक्षमा शारदा गुरुङ, सहकोषाध्यक्षमा प्रकाश गुरुङ र प्रचार प्रसार संयोजकमा मिलन गुरुङ निर्वाचित भएका छन् ।

सहारा फुटवल क्लवको अध्यक्षमा कृष्ण गुरुङ र प्रमुख कार्यकारी अधिकृतमा मनोज गुरुङलाई मनोनित गरिएको सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले जानकारी दिए ।

यस्तै क्लवको पहिलो बैठकले स्पोर्टस सेक्रेटरी कुमार थापा, युथ स्पोर्टस कोअर्डिनेटर संदिप उपाध्याए, सदस्यहरूमा मंजु गुरूङ राई, सुधा गुरूङ, बिश्व जंग गुरूङ,गणेश थापा, जगन गुरूङ, योगेस गुरूङ, यम कुमार गुरूङ, इश्वर गुरूङलाई मनोनयन गरेको छ ।

साथै बिधान मस्यौदा समितिको संयोजकमा रामचन्द्र गुरूङ, सदस्यहरूमा महेश गुरूङ, संस्थापक अध्यक्ष नविन गुरूङ, पुर्व अध्यक्ष दिलीप गुरूङ र रमेश बास्तोलालाई छनौट गरेको छ भने सहारा युके च्यारीटी ट्रष्टी तर्फ महेश गुरूङ, रामचन्द्र गुरूङ, संस्थापक अध्यक्ष नवीन गुरूङ, पुर्व अध्यक्षय दिलीप गुरूङ, निवर्तमान अध्यक्ष मीन गुरूङ, नव निर्वाचित अध्यक्ष कुमार गुरूङ, उपाध्यक्ष कुसाङ गुरूङलाई मनोनित गरिएको छ भने अल्डरसट टाउन फुटवल क्लवको सट्स फाउन्डेसनमा संस्थापक अध्यक्ष नवीन गुरूङलाई छनौट गरिएको छ ।