सहकारीले दियो सरकारलाई ३ लाख

पोखरा, चैत २० ।
पोखराको एक सहकारीले कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सरकारलाई आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण र उपचार कोषमा रोयल सहकारीले ३ लाख ३ हजार सहयोग गरेको हो ।

यस्तै, सोही सहकारीले पोखरा महानगरपालिकालाई पनि ३३ हजार २ सय रुपैयाँ सहयोग गरेको छ । महानगरले विपन्न परिवारलाई राहत दिने गरी २ करोडको राहत कोष घोषणा गरेको छ । महानगरका कर्मचारीहरुले पनि करिब ५० लाख रुपैयाँ कोषमा जम्मा गरिसकेका छन् ।

रोयल सहकारीले १ लाख १ हजार, सहकारीका सल्लाहकार, संचालक समिति, विभिन्न उपसमिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुबाट १ लाख ३२ हजार २ सय १० र कर्मचारीबाट १ लाख ४ हजार संकलन गरेर हस्तान्तरण गरिएको सहकारीका सूचना अधिकारी मिलन ढकालले जानकारी दिए ।