सहकारीको ध्यान उत्पादनमा जानु पर्यो : सभापति कोइराला

 

पोखरा, असोज १४ ।

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार पोखरा महानगरपालिका वडानं २९ मा रहेको श्री भण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको १८ औं बार्षिक साधारण सभामा सम्बोधन गर्दे कोइरालाले सो कुरा बताएका हुन् ।

उनले बचत तथा ऋणको मात्रै कारोबार गरेर समृद्धि नआउने भन्दै सहकारीहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । कोइरालाले सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

आफनै खेत बारीमा उत्पादन हुने कृषि उपज पनि बारी बाट नभई पारीबाट ल्याउनु परेको भन्दै कोइरालाले उत्पादन हुने चिज किनेर भन्दा पनि उत्पादन गरेर खानु पर्ने बताए ।

कोइरालाले गुणस्तरीय विउ मलको ब्यबस्था राज्यले गर्नु पर्ने भन्दै किसानलाई उत्पादनको आधारमा अनुदान दिन सके उत्पादनमा बृद्धि हुने बताए । श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारीले उदारणीय कार्य गरेको पनि उनले बताए । यसै बिच सहकारीले सोमबार उत्कृष्ट किसानहरुलाई सम्मान समेत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सभापति कोइरालाले पशुपालन तर्फ बोधराज दवाडी,सुर्य प्रसाद अधिकारी र तरकारी तर्फ ज्योति बस्नेत, नारायण पौडेल र राधा कुमाललाई सम्मान गरेका हुन् ।

कार्यक्रम सहकारीका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।