सर्लाहीको हाल सम्मको मत परिणाम

सर्लाही, मंसिर २५ ।

सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन्। साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन्। साहले वामगठबन्धनका ध्रुबप्रसाद गौतमलाई ५ सय ७१ मतले पछि पार्दै विजयी बनेका हुन्। गौतमले २१ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २० हजार ७५ मत ल्याएका छन् ।

साहले क्षेत्र नं. २ बाट चुनाव लड्न खोज्दा पार्टीले राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई टिकट दिएपछि उनी क्षेत्र नं. १ मा गएका हुन् । साहलाई क्षेत्र नं. १ मा पर्यटक उम्मेदवारको रुपमा प्रचार गरिएको थियो । विधार्थी जीवनबाट राजनीति सुरु गरेका ३९ वर्षीय साह २०५५ सालमा रा.रा.ब जनकपुरबाट स्वतन्त्र विधार्थी युनियनको उप सभापतिमा विजयी बनेका थिए। २०५७ मा नेपाल विधार्थी मंचको महासचिव बनेका साह २०५७ सालमा रा.रा. ब क्याम्पसको सभापतिमा निर्वा्चित भए।

२०५८ सालमा विद्यार्थी मंचको केन्द्रीय अध्यक्ष, २०६२ सालमा सद्भावना सर्लाहीको जिल्ला सचिव र २०६८ सालमा सद्भावना पार्टीको सर्लाही अध्यक्ष भई काम गरेका थिए । २०७० सालको दोश्रो संविधानसभामा क्षेत्र नं. ५ बाट सद्भावना पार्टीबाट चुनाव लडेका साह तराई मधेश लोकतान्त्रि पार्टीका जंगीलाल रायसंग पराजित भएका थिए ।। सर्लाही निर्वाचन क्षेत्र नम्बर १(क)मा राष्ट्रिय जनता पार्टी नेपालका उमेम्दवार उपेन्द्र महतो विजयी भएका छन्। राजपाका महतो २७ सय १० मत मतान्तरले विजयी भएका हुन्। विजयी महतोले १२ हजार ६ सय ३ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिस्पर्धी वामका उम्मेदवार रामचन्द्र सिंह कुश्वाहले ९ हजार ८ सय ९३ मत ल्याएका छन् । उपेन्द्र महतो राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका भतिजा हुन्।

सर्लाही क्षेत्र नम्बर १ (ख)बाट वाम गठबन्धनकी बेची लुङगेली विजयी भएकी छन् । लुङगेलीले नेपाली कांग्रेका शेष साह दुल्लाहलाई ६ हजार १ सय ६६ मतले पछि पार्दै विजयी भएकी हुन् । लुङगेलीले १५ हजार ३ सय ६३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दवी कांग्रेसका साह दुल्लाहले ९ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । लुङगेली सर्लाहीको एक मात्र महिला विजयी उम्मेदवार हुन् ।

सर्लाही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव विजयी भएका छन्। महेन्द्रले नेपाली कांग्रेसका जंगीलाल रायलाई १० हजार २ सय १५ मतको फराकिलो मतान्तरले पराजित गरेका छन्। महेन्द्रले २९ हजार १ सय ९१ मत ल्याएका छन्। जंगीलाल रायले १८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन्।

महेन्द्र २०३६ सालबाट विधार्थी आन्दोलनबाट राजनीतिक सुरु गरेका हुन्। उनी २०३७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर औपचारिक रुपमा राजनीतिक सुरु गरेका हुन्। नेता यादवले २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको समयमा १ महिना जेल जीवन बिताएका थिए। २०४८ सालको निर्वाचनमा पराजय भोगेका यादव २०५१ र २०५६ सालको निर्वाचनमा विजयी भए। २०६२ सालमा एमाले परित्यागत गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका महेन्द्रले पार्टीको महासचिव भई काम गरे।२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा तमलोपाको तर्फबाट सामानुपातिक सभासद भए।

२०६६ सालमा तमलोपाबाट अलग भएर तराई मधेश सद्भावना पार्टी गठन गरेका महेन्द्र २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा तमसपाबाट विजयी भएका थिए। सर्लाही निर्वाचन क्षेत्र नम्बर २ (क) मा राष्ट्रिय जनता पार्टी नेपालका गौरीनारायण साह तेली विजयी भएका छन्। राजपाका तेली १५ सय ९८ मतान्तरले विजयी बनेका हुन् । तेलीले १० हजार १ सय ४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद साह तेलीले ८ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।

सर्लाहीको क्षेत्र नम्बर २ को ख बाट राजपा फोरम गठबन्धनका अशोककुमार यादव विजयी भएका छन्। अशोकले नेपाली कांग्रेसका नागेन्द प्रसाद यादवलाई ४ हजार ७ सय ६२ मतले पछि पार्दै विजयी हाँसिल गरेका छन्। अशोकले १५ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका छन्। त्यसैगरी नागेन्द्रले ११ हजार १५ मत ल्याएका छन्। अशोकको जीत सर्लाहीको चुनावका लागि पहिलो नतिजा हो।

आन्दोलनकारी नेताको रुपमा पहिचान बनाएका अशोक सर्लाहीका लागि चर्चित नेता हुन्।२०६२र०६३ को आन्दोलनबाट राजनीतिक सुरु गरेका यादव २०६४ सालको चुनावमा फोरमबाट पहिलो संविधानसभाको निर्वाचनमा पराजित भएका थिए। २०७० सालको चुनावमा पनि फोरमबाटै चुनाव लडेका यादव पराजित भएका थिए ।। सर्लाही क्षेत्र नं ३ को प्रतिनिधिसभाको पछिल्लो अपडेट यस्तो छ । क्षेत्र नं ३ मा माके रामेश्वर राय १७४५० नेका हरेसप्रसाद महतो १२०६४ सर्लाही क्षेत्र नम्बर ३ (क)मा वाम गठबन्धनका डिल्लीप्रसाद उप्रेती विजयी भएका छन्। उप्रेतीले नेपाली कांग्रेसका कपिलमुनी मैनालीलाई १३ हजार १ सय ९६ मतले पछि पार्दै विजयी भएका छन्। उप्रेतीले २० हजार २ सय ४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कपिलमुनी मैनालीले ७ हजार ५० मत प्राप्त गरेका छन्।

सर्लाही क्षेत्र नम्बर ३(ख)बाट संघीय समाजवादी फोरम नेपालका संजयकुमार यादव विजयी भएका छन् । यादवले नेपाली कांग्रेसका कृष्णदेव यादवलाई २ हजार ७१ मतले पछि पार्दै विजयी भएका छन्। संजयले ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णदेव यादवले ९ हजार २ सय ९७ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन सर्लाही क्षेत्र न(४ को मतगणना कार्य हिजो राति १०ः२३ बजे देखि स्थगित भएको छ । निर्वाचन क्षेत्र न(४ अन्तर्गत बलरा वडा न(४ को मतदान केन्द्र बाट ल्याइएको मतपेटिकामा सात वटा सिल मध्येमा ५ वटा मात्र सिल मारिएको र २ वटा नमारेका कारण सर्लाही क्याम्पस स्थित मतगणना स्थलमा सो विषयलाई लिएर बिवाद उत्पन्न भएको थियो ।विवादका कारण मतपेटिकाको मुचुल्का उठाउन कुनै पनि दलका मतगणना प्रतिनिधिहरु तयार नभएपछि आइतबार राति सवा १० बजे देखि मतगणना स्थगित गरि १० वटा मतपेटिका ,मतपत्र , कम्पियुटर र गणना सम्बन्धित सम्पूर्ण कागजातहरु लाहछाप लगाइ खामबन्दी गरिएको छ ।मतगणना भइरहेको कोठाको ताल्चामा लाहछाप गरि बन्द गरिएको छ ।

(यो समाचार तयार गर्दा सम्म) सर्वदलीय बैठकमा सहमति भए पश्चात् मात्र सो मतदान केन्द्रको मतगणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।आइतवार राति सम्म भएको मतगणना अनुसार राजपा नेपाल(छाता छाप) का राकेश मिश्रको १६ हजार ३ सय १८ मत र नेपाली काँग्रेसका डा.अमरेश कुमार सिंहको १५ हजार ९ सय ३५ मत रहेको छ माओवादि केन्द्रको १४ सय रहेको छ। हाल छलफल जारी छ ।

सर्लाही क्षेत्र नम्बर ४ प्रदेशसभा (क) मा नेपाली कांग्रेस विजयी भएको छ। निर्वाचन कार्यालयले दिएको पछिल्लो मत परिणाम अनुसार कांग्रेसका वीरेन्द्रप्रसाद सिंह १४ हजार २ सय २१ मत ल्याएर विजयी भएका हुन्। उनका टिकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका फकिरा महतो १० हजार ७ सय ५३ मत ल्याएर पराजित भएका छन्। महतो माओवादी केन्द्रका उम्मेदवार हुन।

सर्लाही निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा (ख) को सदस्य पदमा नेपाली कांग्रेसका उमेदवार उपेन्द्र सिंह कुश्वाह विजयी भएका छन्। विजयी कुश्वाहले ११ हजार ५ सय ४ मत प्राप्त गरेका छन्। कुश्वाह ७ सय ४८ मतान्तरले विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी राजपाका केदार नन्दन चौधरीले १० हजार ७ सय ५६ मत प्राप्त गरेका थिए।विजेता कुशवाहा स्थानीय तहको निर्वाचनमा गौडेता नगपालिकामा राजपाका देबेन्द्र यादवसंग पराजित भएपछि प्रदेशसभा सदस्यका लागि चुनाव लडेका थिए।।