सरुलाइ मिस कल्चरको उपाधी

पोखरा, असोज १५ ।
पाँचौ मिस कल्चर नेपाल २०१८ को उपाधी पोखराकी सरु अधिकारीले जितेकी छिन् । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । उनले सुजुकी स्कुटर पाउनेछिन् ।

प्रतियोगितामा सन्जु भट्टराई फष्ट रनर अप, सेफिया परियार सेकेण्ड रनर अप, निरुता भण्डारी थर्डर रनर अप र एलिसा श्रेष्ठले फोर्थ रनर अप भईन् । भ्यूअर च्वाइस सुस्मिता बिक, अर्गनाइजर च्वाइस कञ्चन थापा मगर र विष्णु खत्री तथा मोष्ट ट्यालेण्ट रिस्ता घिसिङले प्राप्त गरिन् ।

प्रतियोगितामा वेस्ट स्किन दिपा शर्मा, वेस्ट फिगर सन्जिता पाण्डे, वेस्ट क्याटवाक÷वेस्ट पर्सनालिटी विष्णु खत्री, मस्ट फोटो जेनिक निरुता भण्डारी, मोष्ट कन्फिडेन्ट/मोष्ट पपुलर एलिसा श्रेष्ठ, मोष्ट इन्टिलिजेन्ट/वेस्ट कल्चरल ड्रेस शशि रानामगर, वेस्ट हेयर रिस्ता घिसिङ्ग, वेस्ट स्माइल सुस्मिता बिक, वेस्ट डान्स लिजा गुरुङ, मस्ट फ्रेण्डिली मिलिना आचार्य, मस्ट ब्यूटिफल कञ्चन थापामगर, मस्ट युनिक अम्सु गौतम, मस्ट पर्सनालिटी समिक्षा बिक, मोष्ट क्रियटीभ सोफिया परियार, मोष्ट एक्टिभ/मोष्ट डिसिपिलिन सपना सुनार, मोष्ट हेल्पफुलको उपाधी सरु अधिकारीले हात पारिन् ।

‘हाम्रो सँस्कृति हाम्रो पहिचान, लोप उन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नारासहित गत साउनबाट सुरु भएको प्रतियोगितामा प्रतियोगिहरुले लोपउन्मुख जातजातीका भेषभूषाहरू झल्किने पहिरन लगाएका कार्यक्रम संयोजक शोभा गौतमले बताईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश संस्कृतिले धनी भएकाले सबै संस्कार र संस्कृतिको जगेर्ना गर्दै प्रबद्र्धनमा राज्य अघि सर्ने बताए । सोही अवसरमा कास्की जिल्लामा क्रियाशिल विभिन्न आमा समूहहरूलाई समेत सम्मान समेत गरिएको कार्यक्रम सहसंयोजक दिनेश शर्माले जानकारी दिए ।