सराङकोटमा मृत मानिस फेला, हत्या भएको आशंका

पोखरा, जेठ २३ ।
पोखरा १८ सराङकोटमा एकजना मृत फेला परेका छन् । घटनास्थल नजिक पोते देखिएकोले महिला हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपी प्रहरीले चाहीँ पत्ता नलागेको जनाएको छ । पात पतिंगरले छोपिएको अवस्थामा शव रहेको कास्की प्रहरीका ईन्स्पेक्टर जगदिश रेग्मीले जानकारी दिए ।

‘पातले छोपिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि प्रहरीले कुकुर समेत लगेर खोजी गरिरहेको छ । महिला हुन सक्ने आशंका चाहीँ छ, उनले भने–शव निकालेपछि थप अनुसन्धान हुन्छ । बगर प्रहरी घटनास्थल पुगेको छ ।’ सराङकोटको देउराली चोकमा शव भेटिएको हो । शवको पहिचान हुन बाँकी छ ।