सरकार र विप्लव समूह दुवै लुटेरा–केसी

पोखरा, फागुन ३० ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लप) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लप माओवादीलाइ सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्धन्दमा धकेलेको बताए ।

‘विप्लवका गतिविधी माथी निगरानी गरेर नियन्त्रणमा ल्याउने हो । पार्टीमाथी नै प्रतिवन्ध लगाउन त मिल्दैन नि, उनले भने–राजनीतिक पार्टीमाथी प्रतिवन्ध गर्ने काम अलोकतान्त्रिक र संविधान विपरित हो ।’

पूर्वमन्त्री समेत रहेका केसीले जनताको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्ने दायित्व सरकारको भएको भन्दै सिके राउतसँग भएको सम्झौता गलत भएको बताए । सिके राउतले सरकारलाई प्रयोग गरेको उनको आरोप छ ।

सरकारले जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमती गर्नु नाटकिय भएको टिप्पणी गरे । ‘विखण्डनकारीलाई जेलबाट छुटाउनु पनि नाटकीय हो । ११ बुँदे सहमति पनि नाटकीय शैलिमा भयो–केसीले भने ।’ बर्तमान सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको उनको गुनासो छ ।