सरकारी सुविधा समाजसेवामा–सांसद दवाडी

पोखरा, माघ ८ ।
गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का सांसद प्रकाशचन्द्र दवाडीले आँफुले सांसदको हैसियतमा पाउने सबै सेवा र सुविधा समाजसेवामा लगानी गर्ने बताएका छन् । आईतबार शपथग्रहणपछि बाहिरिँदै उनले सरकारी सुविधा आफ्नै निर्वाचन क्षेत्रको वडातहमा खर्च गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘सबैभन्दा पहिले मलाई यहाँ पु¥याईदिने जनतालाई धेरै धन्यबाद छ । समाजसेवाबाट मेरो राजनीति सुरु भएको हो, पत्रकारहरुसँग कुरा गर्दै उनले भने–५ बर्षसम्म पाउने सुविधा मेरै क्षेत्रको हरेक वडामा दिने घोषणा गरेको छु । राजनीति र सामाजिक सेवामा हामी जसरी होमिन्छौं, त्यसको उदाहरण म देखाएरै छाड्छु ।’ उनले आफ्नो निर्वाचन क्षेत्र र ४ नम्बर प्रदेशको विकासका लागि तत्कालै योजना तय गर्ने र कार्यान्वयनका लागि सम्बन्धित निकायसँग घचघच्याउने प्रतिबद्धता जनाए ।
दवाडीले प्रदेशमा गोरखाको बलियो उपस्थिती जनाउने बताएका छन् । ‘राजनीतिकर्मी भएकाले मेरो पार्टीको धारणा पनि मैले बुझ्नुपर्छ । जनताका आवश्यक्तालाई मनन गर्नुपर्छ, उनी भनछन्–गोरखाको बलियो उपस्थिती प्रदेशमा रहनेछ । त्यसमा मेरो भूमिका सक्रिय हुन्छ ।’ उनले राजनीति भन्दा अगाडी देखि नै गोरखाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ब्यक्तिगत रुपमा छात्राबृत्ती सहयोग गर्दै आएका थिए । हालसम्म १ सय ५६ जना विद्यार्थीलाई सहयोग गरेको दवाडीले बताए ।