सरकारले किनेको एउटै गाडीमा कसरी भयो फरक मूल्य ?, घोटालाको आशंका

बुटवल, पुस २५ ।
प्रदेश ५ मा एउटै गाडी किन्दा फरक मूल्य देखिएपछि विवाद सुरु भएको छ । एउटै गाडी दुई फरक मुल्यमा खरिद गरेपछि विवाद बढेको हो । सांसदहरुले गाडी किन्दा घोटाला भएको आरोप लगाएका छन् । प्रदेशसभा र मन्त्रायलहरुले किनेका एउटै गाडीको मूल्य फरकफरक देखिएको हो ।

प्रदेशसभा सचिबालयले ई बिडिङमार्फत करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । ती गाडीको मूल्य प्रदेश सभाले खरिद गरेको गाडी उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेशसभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका छन् ।

मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । सरकारी निकायमा जबर्जस्ती महंगो मूल्यमा किनाइएको सांसदहरुको भनाइ छ । प्रदेश सभाका केही समिति सभापतिहरुले गाडीमा आधा करोडको घोटाला भएको आशंका गरेका छन् ।

‘मन्त्रीज्यूहरुले एकाएक गाडीको नाम परिवर्तन गरेपछि चलखेल भएको भन्ने बुझेका थियौ, मन्त्रालयका एक अधिकृतले भने– ‘अहिले विस्तारै वास्तविकता बाहिर आउन थालेको छ ।’ प्रदेश ५ सरकार र प्रदेश सचिवालयले चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँभन्दा बढीका सवारीसाधन खरिद गरेका छन् । सचिबालयमा स्कोर्पियो किन्ने सहमति भैसकेको अवस्थामा आर्थिक चलखेलकै कारण टाटा स्ट्रोम भित्र्याइएको देखिन्छ ।