सय दिनपछि भेटियो अन्नपूर्ण शिविर नजिक बेपत्ताको शव

पोखरा, बैशाख १२ ।
कास्कीको अन्नपूर्ण आधार शिविर नजिक हिम्कुमा हिउँपहिरोका कारण बेपत्ता भएकामध्ये १ जनाको शव भेटिएको छ । गएको माघ ३ गते अन्नपूर्ण आधार शिविरबाट फर्कँदै गर्दा नेपाली र विदेशी सहित ७ जना बेपत्ता भएका थिए ।

निरन्तरको खोजतलासपछि धादिङका मिमबहादुर तामाङको शव भेटिएको प्रहरीले जनाएको छ । शव पोखरा ल्याउने तयारी भैरहेको छ । मौसम खराव भएकोले हेलिकोप्टर पठाउन नसकिएको कास्की प्रहरीका प्रमुख एसपी दानबहादुर कार्कीले दिए ।

पहिरोमा ३ नेपाली र ४ कोरियन नागरिक बेपत्ता भएका थिए । बेपत्तामध्ये नेपाली पर्यटक गाईड सरोज परियारको चैत महिनामै शव भेटिएको थियो । अन्यको पनि खोजी भैरहेपनि हिउँको थुप्रो निकै धेरै भएकोले फुटाउन नसकिएको कार्कीले बताए ।

File Photo