समाजवादी पार्टी माछापुच्छ्रे  गाउपालिका संयोजकमा जगत गुरुङ

पोखरा, असोज  ४  ।

पार्टी निर्माण एवम समायोजन अभियानमा रहेको समाजवादी पार्टी, कास्कीको माछापुच्छ्रे गाउपालिकाको भेला आयोजक समितिको संयोजकमा जगत गुरुङ चयन हुनुभएको छ। शनिवार माछापुच्छ्रे ६ भेडावारीमा सम्पन्न भेलाले बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीको गाउसमिति गठनका लागि असोज ११ गते घाचोकमा आयोजना गरिने बृहत भेलाको आयोजनाका लागि गुरुङलाई संयोजक तोकिएको हो।

भेलाले आयोजक समितिको सदस्यहरुमा कृष्णप्रसाद बास्तोला, बीरबल गुरुङ, राजु गुरुङ, साजन कार्की, दानबहादुर गुरुङ, उदबीर नेपाली, विश्व राना, विश्वराज पौडेल, झलक पौडेल, प्रेमराज भण्डारी, डिलबहादुर सुनार, गोरे परियार, मिर्गसिंह गुरुङ, बोनी गुरुङ, भुवनसिंह तामाङ, आइबहादुर तामाङ रहनु भएको छ।

भेलालाई भव्य बनाउनका लागि विभिन्न नेताहरुले विशेष पहल गर्ने जिम्मेवारीसमेत तोकिएको छ । वडा नं.१ मा कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ, वडा नं.२ मा केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज देवी सुवेदी, वडा नं. ३ मा संयोजक जगत गुरुङ, वडा नं. ४ मा प्रदेश सचिव पार्वती जिसी र दानबहादुर गुरुङ, वडा नं.५ र ९ मा केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज गणेशमान गुरुङ, वडा नं.६ विश्वराज पौडेल, वडा नं.७ मा प्रदेश सदस्य गोपाल गुरुङ र प्रेमराज भण्डारी, वडा नं. ८ मा प्रदेश सदस्य मिर्गसिंह गुरुङलाई जिम्मेवारी तोकिएको जिल्ला सचिव नारायण भण्डारीले जानकारी दिनुभयो।

समाजवादी पार्टी प्रदेश समितिको आयोजनामा असोज ११ र १२ गते माछापुच्छ्रे घाचोकमा आयोजना हुने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा माछापुच्छ्रे गाँउपालिका समितिको घोषणा गर्ने गरी आन्तरिक तयारी गर्ने भेला आयोजक समितिका संयोजक जगत गुरुङले जानकारी दिनुभयो। उक्त प्रशिक्षण एवम गाँउपालिका समिति घोषणा भेला कार्यक्रममा पार्टीका संघीय परिषद अध्यक्ष एवम पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष एवम प्रशिक्षण विभाग प्रमुख हेमराज राईको विशेष उपस्थिती रहने प्रदेश अध्यक्ष मोति रिजालले जानकारी दिनुभयो।