सन्नी लियोनिको नेपाली फिल्ममा ‘हट’ डान्स (फोटोमा हेर्नुस्)

एजेन्सी, मंसिर २० ।
बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको ’पासवर्ड’ सिनेमाका तस्विरहरू सार्वजनिक गरिएका छन् । निर्माणपक्षले ती तस्विर सार्वजनिक गरेको हो । सो गीतलाई लन्डनमा करिब दुई सय कोरसको साथमा खिचिएको निर्माण युनिटले जनाएको छ । गीत छायाँकनका लागि सन्नी ७ जनाको टिमसहित मुम्बईबाट लन्डन पुगेकी थिइन् ।

सो गीतमा नाच्नका लागि सन्नीले करिब २ करोड भारू पारिश्रमिक लिएको निर्माताले दाबी गर्दै आएका छन् । ’सन्नि हो नाम मेरो’ बोलको गीतमा बलिउडका कोरियोग्राफर प्रयोग गरिएका छन् । गीतलाई बलिउड कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । विष्णुदेभा सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरेका कोरियोग्राफर भएको ’पासवर्ड’ निर्माताले जानकारी दिएका छन् ।

यस गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । निर्माणपक्षले लुक्स आउट नगर्ने भन्दै फिल्ममा समावेश अन्य नेपाली कलाकारहरुको तश्विरहरु भने सार्वजनिक गरेको छैन । सम्राट बस्नेत सिनेमाका निर्देशक हुन् । यो उनको डेब्यू सिनेमा हो ।

निर्देशक सम्राट बस्नेतले सिनेमाको कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए । एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्मलाई विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने विक्रम जोशी ’विक्की’, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतले अभिनय गरेका छन् ।