सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट

काठमाण्डौं, मंसिर ४ ।
नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी–२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन् । सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो ।

गोल्ड क्याटेगोरीमा रहेको सन्दीपलाई लाहोरले गोल्ड क्याटेगोरीको पहिलो खेलाडीको रुपमै लिएको हो । गत सिजन इनडियन प्रिमियर लिग खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीप पीएसएलमा पहिलो पटक छनोट भएका छन् ।

गत वर्ष प्रारम्भिक ड्राफ्टमा परेपनि सन्दीपलाई अन्तिममा कुनै पनि टिमले लिएको थिएन । आइपीएलसँगै सीपीएल, ग्लोबल क्यानडा लिग, एपीएल खेलिसकेका सन्दीपलाई यस पटक भने पीएसएलमा पनि खेल्ने साइत जुरेको छ ।