सनिलले जिते बक्सिङमा स्वर्ण, १३औं ‘साग’ स्वर्णमा नेपालको ‘अर्धशतक’

 

काठमाडौं, मंसिर २४ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङमा नेपालका सनिल शाहीले स्वर्णपदक जितेका छन् ।

मंगलबार सातदोबाटोस्थित कराते कभर्डहलमा पुरुष ६० केजी तौल समूहको फाइनलमा भारतका भीरेन्द्रर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

योसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

५० स्वर्णका साथ नेपाल पदकतालिकाको दोस्रो स्थानमा यथावत् छ । जारी सागमा अहिलेसम्म १६४ ओटा स्वर्णपदक जितेको भारत शीर्ष स्थानमा रहेको छ ।

३९ स्वर्णसहित श्रीलंका तेस्रो, ३० स्वर्णसहित पाकिस्तान चौथो, १९ स्वर्णसहित बंगलादेश पाँचौं स्थानमा छन् । एक स्वर्णसहित माल्दिभ्स छैटौं स्थानमा छ । पुछारको भुटानले ६ ओटा रजत र १३ कास्यपदकमात्र जितेको छ ।
(ईमेजखबरबाट साभार)