सकियो एक महिने मकर मेला

हेटौंडा, २९ माघ । मकवानपुरको हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा लागेको एक महिने मकर मेलाको आज समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबल महतले पूर्णाआहुती दिएर मेलाको समापन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर महतले कुष्माण्डमा भएको बिकासको प्रसंसा गरेका छन् । यस क्षेत्रलाई धार्मीक पर्यटनको बिकासका लागि अझ धेरै कार्य गनुपर्ने बताए ।

मेला समापनसँगै १४३ जना बटुकहरुको सामुहिक ब्रतबन्ध समेत गरीएको छ । त्यसैगरी एक महिने मेलामा बिभिन्न शिर्षकमा आएको सहयोग बापत ६ लाख ६४ हजार ६० रुपैयाँ संकलन भएको कुष्माण्ड सरोबर त्रिबेणी धाम बिकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौयानेले जानकारी दिए । एक महिने मेला अवधिभर करीब एक लाख भक्तजनहरुले अवलोकन गरेको समितिले जनाएको छ ।
मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा नेपाललगायत बिभिन्न गुरुहरुले कथा वाचन गरेका थिए । मेलामा बिशेष गरी १०८ गौमुखी धारामा स्नान गर्ने भक्तजनहरुको बिशेष भिड लागेको थियो । मेलामा बारा, पर्सा, सर्लाही, रौतहट, चितवन, काठमाण्डौ, नबलपरासी, सिन्धुलीलगायत बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु दर्शनार्थ आएका थिए ।