संसदीय पत्रकार मन्चमा कोइराला

पोखरा, चैत १ ।
संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको शनिबार पोखरामा सम्पन्न भएको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।

त्यसै गरी मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिवमा रोहितराज पराजुली, कोषाध्यक्षमा तारा चापागाईं (दुवे) र सहसचिवमा युवराज श्रेष्ठ निविरोध निर्वाचित भए भने अन्य सदस्यहरुमा विशन क्षेत्री, प्रकाश ढकाल, वासुदेव पौडेल, उमा आले मगर, युवराज गुरूङ (युनिश) र उमेश पुन मगर चयन भएका हुन् ।