संघ र प्रदेशसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाण्डौं, असोज १८ ।
निर्वाचन आयोगले आसन्न संघ र प्रदेशसभा चुनावका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले हरेक निर्वाचन क्षेत्रका लागि एक÷एक जना निर्वाचन अधिकृत खटाएको हो ।
जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, जगेडा अधिकृतको रुपमा अन्य नौ अधिकृतलाई पनि नियुक्त गरिएको आयोगले जनाएको छ । आगामी २४ र २५ गतेको तालिम पश्चात मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत आफ्नो क्षेत्रमा खटिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।