संखुवासभामा जीप पल्टिँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

संखुवासभा, पुस ३० ।
संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका(३, सामाटारमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली घटनास्थलतर्फ गइरहेको उनले बताए ।
स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए । उनीहरू जिल्ला समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।