संकटालाई आहा रारा गोल्डकपको उपाधी

पोखरा, चैत २७ ।
आहा रारा गोल्ड कपको १९ औं संस्करणको उपाधी संकटा क्लबले जितेको छ । संकटाले फाईनलमा विदेशी टीम अफ्रिकन रुट एशोसियसन क्यामरुनलाई टाइब्रेकरमा पराजीत गरेको हो ।

संकटाले उपाधी सहित १० लाख १ हजार पुरस्कार पाएको छ भने अफ्रिकन रुटले ५ लाख १ हजार पायो । आहा रारा गोल्डकपको उपाधी उचाल्ने संकटा नयाँ टीम हो । प्रतियोगितामा ८ टीमले प्रतिश्पर्धा गरेका थिए ।