श्रेयाको हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विशाल जुलुश (भिडियो)

पोखरा, असोज १० ।
पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुस सहित विरोध जनाएका छन् । कोदीबाट निस्किएको जुलुश जिल्ला प्रहरी कार्यालय तर्फ गैरहेको छ ।

उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् । स्थानीयहरुले स्वस्फुर्त रुपमा श्रेयाको हत्यारा खोजी गर्दै कडा कारबाहीको लागि दवाव दिएका हुन् ।