शेरधन राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त

विराटनगर, फागुन २ ।
प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरे । उनको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ ।
बिहीबार नै केही मन्त्रीहरुले समेत सपथ ग्रहण गर्नेछन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् ।