शिक्षा दिवसमा मौजामा हाजिरीजवाफ र निवन्ध प्र्रतियोगिता

पोखरा, भदौ २३ ।
४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मौजामा प्रावि स्तरीय हाजिरीजवाफ र मावि स्तीय निवन्ध प्रतियोगिता गरिएको छ । हाजिरीजवाफमा महेन्द्र मावि पहिलो, महेन्द्र राष्ट्रिय आधारभुत विद्यालय दोश्रो र ज्ञानोदय रघु आधारभुत विद्यालय तेश्रो तथा सीता आधारभुत विद्यालय सान्त्वना भए ।

निबन्ध लेखन प्रतियोगितामा हिमालय माविकी प्रतिमा पोख्रेल पहिलो, महेन्द्र माविका उत्सव पौडेल दोश्रो, हिमालय माविका सन्दीप सापकोटा तेश्रो तथा महेन्द्र माविकी स्वेता पौडेल सान्त्वना भए । वडा शिक्षा समिति पोखरा २० का संयोजक मोतिप्र्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हिमालय माविका प्रधानध्यापक मणिराज परियार र महेन्द्र राष्ट्रिय आधारभुत विद्यालयका प्रधानध्यापक नारायणप्रसाद गौतमले गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष सीम गुरुङले विद्यार्थीको पढाईका बाबतुज अतिरिक्त क्रियाकलापले उनीहरुको अन्तरनिहित क्षमताको प्रष्फुटन हुने बताए । उनले वडाभित्रको शैक्षिक स्थितिको सुधार गर्न वडाले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए भने साथ दिन सबैसँग आग्रह पनि गरे । प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वडाध्यक्ष गुरुङ सहित वडा शिक्षा समितिका संयोजक पौडेल लगायतले हस्तान्तरण गरे ।