शिक्षक फुटसल टुर्नामेण्ट हुने

पोखरा, भदौ २९ ।
पोखरामा पहिलो पटक अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल टुर्नामेण्ट प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु माझ आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सगरमाथा स्कुलमा कार्यक्रम हुन लागेको हो ।
प्रतियोगिता असोज ५ र ६ गते बि फिट फुटसल मैदान गणेश टोलमा हु“दैछ । प्रतियोगिताको बिजेताले १५ हजार रुपैंया नगदसहित ट्रफि र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले १० हजार नगद सहित ट्रफि र मेडल पाउनेछ ।
प्रतियोगितामा सहभागी हुनका लागि ३ हजार रुपैयाँ टीम दर्ता स्वरुप तिर्नुपर्ने छ ।