शहीदको सूचीमा एउटा नाम थपियो, गौचन पनि शहीद

काठमाडौं, असोज २७ ।
सरकारले नेपाल निर्माण व्यवसायी महासंघका दिवंगत अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो ।
अज्ञात समूहले २३ असोजमा गोली हानेर गौचनको हत्या गरेको थियो । तर हालसम्म पनि गौचनको हत्यामा संलग्नलाई पहिचान गर्न र पक्रन सकेको छैन ।
सरकारले शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यहरुले शव बुझेका थिए । गौचनको बिहीबार अन्त्येष्टि गरिएको छ ।