शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको मृत्यु

सुनसरी, मंसिर १५ ।
शव बोकेको एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ जाँदै गरेको एम्बुलेन्स र ट्रक सुनसरी ठोक्किँदा एम्बुलेन्समा रहेका सात जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको को १ च १३६४ नम्बरको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ ट्रक नम्बरको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार ७ जनाको मृत्यु भएको हो।

घटनाबारे थप विवरण आउन बाँकि छ ।