व्यवसायीको गुनासो सुन्न हेल्लो चेम्बर

पोखरा, असोज २ ।
पोखरा चेम्बर अफ कमर्स कास्कीलेउद्योगी र व्यवसायीको गुनासो सुन्नको लागि टोलफ्री नम्बर १६६०६१५२०११सञ्चालनमा ल्याएको छ ।‘संगै अगाडी बढा’ैं भन्ने नाराका साथ व्यवसायीक हेल्प डेस्कको रुपमा खोलिएको टोलफ्री नम्बरको गण्डकी प्रदेशका प्रदेशसभाका सदस्य कृष्ण थापाले बिहीबार एक औपचारिक कार्यक्रम बीच शुभारम्भ गरे ।

कार्यक्रमका प्रमुख अतिथि थापाले सवै उद्योगी व्यवसायीलाई समेट्ने सामाजिक संस्थाको रुपमा काम गर्न सुझाव दिए । व्यवसायीलाई एकताबद्ध गर्नुको साथै उनीहरुको हकहितको लागि ध्यान दिन आग्रह गर्दै उनले पेशागत क्षेत्रका संघ संस्थाहरुसंग समन्वय र सहकार्य गर्न अनुरोध गरे । संस्थाको अस्तित्व क्रियाशिलतामा भर पर्ने चर्चा गर्दै नेकपा कास्कीका अध्यक्ष समेत रहेका थापाले विषगत विज्ञ र ठुला व्यवसायीक संस्थालाई समेट्न सुझाव दिए ।

गण्डकी प्रदेशको औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले कार्यविधि बनाउन लागेको जानकारी दिदै उनले पोखरा ३३को भरतपोखरीको प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि सहयोगीको भुमिका खेल्न पर्ने बताए । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सयोजक यदुनाथ अधिकारीले बैकको व्याजदरको कारण उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको उल्लेख गरे । पोखरा १०को औद्योगिक क्षेत्र साँघुरो र धेरै रकम तिर्दा पनि व्यवसायीले जग्गा नपाएको बताए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किशान सुनारले व्यवसायीसंग प्रत्यक्ष सम्पर्क गरी समस्याको समाधान गर्न पहिलो पल्ट फोन गर्दा पैसा नलाग्ने हेल्लो चेम्बर चलाएको जानकारी दिए । चेम्बरले सरकारसंग सहकार्य गरी व्यवसायीको पक्षमा काम गरेको उल्लेख गर्दै उनले भारतको दिल्ली र गोवा, हङकङ, जर्मनी र जापानको चेम्बरसंग सहयोग आदान प्रदानको लागि एमओयु गर्न लागेको बताए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल र वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोलाले गाउँपालिकाले राखे पनि पोखरा महानगरपालिकाले चेम्बरलाई राजश्व परामर्श समितिको सदस्य नराखेको गुनासो गरेका थिए ।